काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी अनुमोदन गर्नेलाई इतिहासले राष्ट्रिय गद्धारका रुपमा अंकित गर्ने बताएका छन् ।
एमाले अछाम–काठमाडौं सम्पर्क मञ्चको ११औं सम्मेलनलाई सम्बोधन गर्दै रावलले संसदमा चिच्याएर अनुमोदन गर्दैमा राष्ट्रघात नछोपिने बताएका हुुन ।
रावलले एमसीसी सम्झौताको बहसमा को को आउने हो आउ भनेर चुनौती समेत दिएका छन । उनले भने, ‘अर्थमन्त्री, परराष्ट्रमन्त्री, महामन्त्री, को को छन् ? आउनुस् । म उहाँहरुलाई यो सम्झौता कहाँ कहाँ राष्ट्रघात छ भनेर देखाइदिन्छु,’ कहाँ लेखेको छ भन्ने कांग्रेस महामन्त्री र प्रधानमन्त्री सबैलाई सुनाउँछु ।’
पूर्वप्रधानमन्त्री जस्तो पोर्टफोलियो नाघेर एमसीसीलाई पत्र लेखेकोमा प्रचण्डको आलोचना गर्दै रावलले व्याख्यात्मक घोषणा ठगात्मक घोषणाबाहेक केही नभएको टिप्पणी गरेका छन ।