काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतप्रति रोष व्यक्त गरेका छन्।
पोखरेलले आफ्ना पार्टीका १४ जना सांसदलाई कारबाही गरेको मुद्दा सर्वोच्चमा ६ महिनादेखि विचाराधीन रहेको भन्दै यसैबाट सर्वोच्चको भूमिका बुझ्न सकिने बताएका हुन्।
उनले भने, ‘जुन विषयले संसद् ६ महिनादेखि चल्न सकिरहेको छैन, देशकै ठूलो दल संसदीय प्रक्रियामा सहभागी हुन सकिरहेको छैन, त्यो मुद्दा हरेक दिन पेशी चढ्छ, फैसला हुँदैन, यसैबाट अदालत कसरी चलिरहेको छ भन्ने प्रस्ट हुन्छ ।’
सर्वोच्च अदालतले संविधानवाद र संसदवाद जे सुकै भने पनि एमालेविरुद्ध फैसला गर्न उद्धत रहेको आरोप लगाएका छन्।
‘कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकार बन्नबाट रोकेर माओवादी नेतृत्वको सरकार बनाउन भूमिका खेलेका ३ जना सांसदको पक्षमा फैसला भयो, अर्कोतिर दशबुँदे सहमतिमा टेकेर एमालेमा फर्कन लागेका माओवादी सांसदहरूसँग छलफलका लागि समय मागे पनि हतार हतार निष्कासन गरियो, यो संयोग थिएन, सचेत ढङ्गले गरिएको थियो’उनले भने ।’