ठूला दलबाट वाक्क जनताले विकल्प खोजेका छन् : लोहनी

9.5k Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाबाट विकल्प खोजेको तथा गुणात्मक परिवर्तन चाहेको बताएका छन् ।

लोहनीले राप्रपाको केन्द्रीय कार्यसमिति बैठकलाई बिहीबार सम्बोधन गर्दै भने ‘कांग्रेस, एमाले र माओवादीको छलछाम र कामबाट वाक्क भएर राप्रपालाई जनताले आशाका साथ हेरिरहेका छन्,राष्ट्रवादी, प्रजातान्त्रिक छवि भएको राप्रपाबाट सुधार प्राप्त होस् भन्ने जनताले अपेक्षा लिएका छन् ।’

उनले थपे, ‘राप्रपा वैकल्पिक शक्तिको रुपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो । निश्चित पनि यस मानेमा, राप्रपाले महाधिवेशनपछि फड्को मारेको छ,’

लोहनीले कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा पूर्ण तयारीका साथ लाग्न निर्देशन दिएका छन । राप्रपाको केन्द्रीय कार्यसमिति बैठक फागुन १८ र १९ गते काठमाडौंमा सम्पन्न भएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार