कांंग्रेस पर्साको जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी

8.5k Shares
सम्बन्धित पार्टी

काठमाडौं । नेपाली कांंग्रेस पर्साको जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन्। 

स्थापन इतरका उम्मेदवार श्याम पटेललाई ४ सय ६५ मतान्तरले पराजित गर्दै क्षेत्री जिल्ला सभापति चुनिएका हुन्।

शुक्रबार बिहान सम्पन्न मतगणनानुसार  क्षेत्रीले  १ हजार १२० मत प्राप्त गर्दा पटेलले  ६४५ मत मात्र प्राप्त गरे। पदाधिकारीमा भने संस्थापन इतर पक्षको प्यानलै  निर्वाचित भएका छन्। 

७ पदाधिकारी र ६८ सदस्यीय जिल्ला कार्यसमितिका लागि भएको निर्वाचनमा क्षेत्री र पटेलले प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए। सभापति र ७ पदाधिकारीको मतपरिणाम सार्वजनि भइसके पनि सदस्यहरुको भने मतगणना बाँकी छ। 

पदाधिकारीमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता जिल्ला उपसभापतिमा विजयी भएका छन् ।सचिवमा इम्तियाज आलम र दिनेश कुमार चौधरी  विजयी भए । सह–सचिवमा नविन सिंह र मदन राउत अहिर  मत ल्याएर निर्वाचित भएका छन ।

वीरगञ्जस्थित बालमन्दिर परिसरमा भएको मतदानमा १ हजार ७ सय ७९ जनाले भाग लिएका थिए ।  

ताजा अपडेट
सम्बन्धित समाचार