काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले एमसीसीबारे सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार भएको टिप्पणी गरेका छन् ।
उनले जबसम्म नेपाल सरकारले औपचारिक पत्र पठाएर अमेरिकाले औपचारिक जवाफमा उक्त घोषणा स्वीकार्दै सम्झौताको अंग हुने कुरा नगर्दासम्म स्वीकारेको नठहर्ने उल्लेख गरेका छ ।
उनले सामाजीक सञ्जाल ट्वीटरमा लेखेका छन्स, ‘सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार हो, जबसम्म नेपाल सरकारले औपचारिक पत्र पठाएर अमेरिकाले त्यसको औपचारिक जवाफमा उक्त घोषणा स्वीकार्दै सम्झौताको अंग हुने कुरा गर्दैन, तबसम्म स्वीकारेको ठहर्दैन । नेपाली जनतालाई ठग्ने दुष्प्रयास नहोस् ।’
