अड्कलबाजीमा फँसे वामदेव गौतम, राष्ट्रियसभा सदस्य पद के हुन्छ ?

22.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  सर्वोच्च अदालतले नेकपा विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला गरेका छन् । सर्वोच्चको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किएको छ । जसको कारण नेकपा उपाध्यक्ष वामदेव गौतम कता जालान ? भन्ने प्रश्न खडा गरेका छन् ।  

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा विभाजन रोक्ने भन्दै तठस्थ बसेर एकता अभियान घोषणा गरेका गौतमको पृष्ठभूमि एमालेमै फर्कने अड्कलबाजी स्वाभाविक भएको नेताहरु बताउँछन् ।  

नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइ दिएपछि अड्कलबाजी तीव्र भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दुई चिरामा विभक्त गौतम निकट एक केन्द्रीय कमिटी सदस्यले भने,‘ उहाँ (गौतम)ले एमाले छोड्ने कुरै छैन ।

पार्टी एकताका लागि भन्दै उनले प्रधानमन्त्री ओलीलाई भेटिरहेका थिए। गौतमलगायत नेताहरुको सक्रियतामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको बताइन्छ। तर गठनबन्धन बनाएर चुनावमा होमिदा पनि गौतम हारेका थिए ।

अब नेकपाबाट सिफारिस भएको गौतमको राष्ट्रियसभा सदस्य पद के हुन्छ ? यो पनि अनुत्तरित छ । गौतमले पछिल्लो पटक ओलीले संसद विघटन गरेपछि उनको विरोध गरेका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार