एमसीसीले माओवादीमा विवाद उत्पन्न, केन्द्रीय समितिको बैठक सुरु

8.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । 

अमेरिकी सहयोग परियोजना एमसीसी पास गरिएपछि उत्पन्न तीव्र विरोधका बीच माओवादीको केन्द्रीय समिति बैठक राष्ट्रिय सभागृहमा सुरू भएको हो ।

बिहान ११ बजे बस्ने भनिएको बैठक साढे १ बजेतिर मात्र सुरू भएको हो । बैठक यहि फागुन २२ गतेसम्म चल्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन ।

आज बैठकको पहिलो दिनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै नारायणकाजी श्रेष्ठले धारणा राख्ने छन् । एमसीसीका कारण पार्टीभित्र मतभेद देखिएपछि त्यसलाइ साम्य पार्न बैठकमा छलफल चल्ने जनाइएको छ ।

बैठकमा मुलुकको वर्तमान समसामयिक राजनीतिक परिस्थिति, वैशाखमा हुने भनिएको स्थानीय तह निर्वाचन र त्यसको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल केन्द्रित हुनेछ ।

ताजा अपडेट
सम्बन्धित समाचार