काठमाडौँ । नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्य किरणले अमेरिकी सहायता परियोजना एमसिसी राष्ट्रघाती भएको बताएका छन्।
काठमाडौंको खुला मञ्चमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन यो परियोजना ल्याइएको बताएका छन ।
‘अमेरिकाले चीनलाई नाकाबन्दी गर्ने उद्देश्य राखेर यो योजना अघि बढाएको हो, नेपालका केही दलले यसलाई स्वीकारेका छन्,चीनले नजिकबाट हेरिरहेको छ,’उनले भने।
नेपालको राष्ट्रियताको स्वाधीनताका लागि निरन्तर दृढतापूर्वक विरोध गर्दै जानुपर्नेमा उनको जोड थियो।कथित व्याख्यात्मक घोषणा कागजको खोस्टो मात्रै भएको टिप्पणी गर्दै उनले अन्तरराष्ट्रिय कानुनविपरीत रहेको दाबी गरे।
एमसिसी सम्झौता गर्नु अमेरिकी साम्राज्यवादको दलाली भएको बताउँदै उनले हिन्द प्रशान्त रणनीतिअन्तर्गत चीनविरोधी भावनाबाट प्रेरित रहेको बताएका छन्।