काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार झापा जाँदै छन् ।
पञ्चायती शासकबाट हत्या गरिएका उनका आफ्ना सहयोद्धा सहकर्मीहरुको स्मृतिमा श्रद्धान्जली अर्पण गर्न उनी शनिबार झापाको सुखानी जाने कार्यक्रम भएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिएका हुन् ।
वि.स. २०२८ मा सुरु भएको झापाली कम्युनिष्ट क्रान्तिका क्रममा पंचायती शासकबाट नेत्र घिमिरे, रामनाथ दाहाल,नारायण श्रेष्ठ वीरेन राजवंशी र कृष्ण कुँइकेललाई जेल सार्ने बहानामा २०२९ साल फागुन २१ गतेका दिन ईलाम र झापाको सीमानामा पर्ने सुखानीको जंगलमा हत्या गरिएकोथियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली,सीपी मैनालीसँगै उनीहरु पनि झापा क्रान्तिमा समावेश भएकाथिए । सोही समयमा अध्यक्ष केपी ओलीलाई रौतहटबाट पक्राउ गरेर गोलघरमा १४ वर्ष जेलमा राखिएको थियो ।
सुखानीमा जंगलमा मारिएका कम्युनिस्ट क्रान्तिकारीहरुको स्मृतिमा नेकपा एमालेले प्रत्येक वर्ष सुखानी दिवस मनाउँदै आएको छ ।