तोकिएको समयभित्रै काम सम्पन्न गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

17.5k Shares

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सबैसँग आग्रह गरेका छन । 

तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको कामको निरीक्षण गर्दै गुणस्तरमा कसैसँग सम्झौता नहुने समेत प्रष्ट पारेका छन । 

उनले तोकिएको समयभित्रै काम सम्पन्न गर्न पनि निर्देशन दिएका छन । उनले काममा अवरोध र अप्ठ्यारा भए सहयोग गर्न तयार रहेको पनि बताएका छन । 

भानु नगरपालिकामा बागेश्वरी मार्ग कालोपत्र, नाला निर्माण र ग्राभेलको काम अगाडि बढाइएको छ ।

कालोपत्रका लागि सडक डिभिजनबाट दुई करोड र सहरी विकास मन्त्रालयबाट तीन करोड रुपैयाँ विनियोजन भएको छ । ५ सय मिटर सडक कालोपत्र, ३ हजार मिटर नाला र ४ हजार मिटर सडक ग्राभेल गरिने भएको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार