धनुषामा कांग्रेसका तीनै पक्षबीच प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

9.4k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेपाली कांग्रेस धनुषाको जिल्ला कार्यसमितिका लागि आज निर्वाचन हुँदै छ। 

आज हुने  निर्वाचनमा तीनै पक्ष प्रतिस्पर्धामा उत्रिएका छन्। जिल्ला सभापतिका लागि सन्तोष यादव, योगेन्द्र पञ्जियार र दिनेश प्रसैला उम्मेदवार छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट यादव, विमलेन्द्र निधि पक्षबाट पञ्जियार र डा। शेखर कोइराला पक्षबाट प्रसैला उम्मेदवार बनेका हुन्।

धनुषामा लामो समयदेखि विवाद हुँदै आएको थियो। पटक पटक मिति तोकिए पनि निर्वाचन हुन सकेको थिएन।

जनकपुरधामको तिरहुतिया गाछीमा मतदान गर्ने व्यवस्था मिलाइएको छ। तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा देखिएकाले पहिलो चरणमै टुङ्गो लाग्ने सम्भावना न्यून छ।

ताजा अपडेट
सम्बन्धित समाचार