कांग्रेसको १६ जिल्लामा भइरहेकाे अधिवेशनमध्ये आठ जिल्लामा सभापति चयन,चार जिल्लामा शेखर कोइराला समूह विजयी

8.6k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेपाली कांग्रेसको पछिल्लो पटक अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन भएका छन् ।

निर्वाचित ८ मध्ये चार जिल्लामा संस्थापन समूह र चार जिल्लामा शेखर कोइराला समूहका छन् । चितवन, सिन्धुली, बाँके र नवलपुरमा शेखर कोइराला समूहका उम्मेदवार विजयी भएका छन्।

चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र नवलपरासीमा महेन्द्रध्वज जीसी विजयी भएका छन् ।

यस्तै संस्थापन समूहबाट कैलालीमा नारायणदत्त भट्ट, मकवानपुरमा बुद्ध लामा, पर्सामा जनार्दनसिंह क्षेत्री र महोत्तरीमा नागेश्वर यादव विजयी भएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनअघि नै जिल्ला अधिवेशन हुनुपर्नेमा १६ जिल्लाको हुनसकेको थिएन । 

अब भने सिरहा, सप्तरी, धनुषा, अछाम, रौतहट, बारा, सर्लाही र सिन्धुपाल्चोकमा अध्यक्ष चयन बाँकी छ ।  

ताजा अपडेट
सम्बन्धित समाचार