काठमाडौँ । औषधिजन्य प्रयोगका लागि गाँजाखेती खुला गर्न सरकार कानून निर्माणमा जुटेको छ ।
गाँजाको प्रयोग, उत्पादन, नियमन र व्यवस्थापनका लागि सरकारले कानूनी व्यवस्था गर्न लागेको हो । परम्परादेखि औषधिको रूपमा प्रयोग गर्दै आएको गाँजा हाल नेपालमा लागूऔषधका रूपमा प्रतिबन्धित छ ।
विश्वका प्राय देशमा नियन्त्रित रूपमा उत्पादन र प्रयोग हुँदै आएको अवस्थामा नेपालमा पनि गाँजाखेतीलाई व्यवस्थित गर्नका लागि विधेयक संसद्मा लैजाने तयारी भएको हो ।
गृह मन्त्रालयको लागूऔषध नियन्त्रण शाखाका उपसचिव गोकर्ण उपाध्यायका अनुसार फागुन ११ गतेको मन्त्रिपरिषद्ले विधेयक निर्माणका लागि स्वीकृति दिएको थियो ।