काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बन्ने भएका छन् ।
घिमिरे नेपाली कांग्रेसको निर्वाचन समिति संयोजक हुन् । अध्यक्षका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेल पनि दाबेदार थिए । तर पार्टी सभापति शेरबहादुर देउवा निकट घिमिरेले टिकट पाएका छन् ।
यसैगरी महासचिवमा अंकिता खनाल उम्मेदवार बन्ने सहमति भएको छ । नेपाल बार एशोसिएसनको चैत १९ गते हुने अधिवेशनमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले मोर्चाबन्दी गरेका छन् । नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीले उपाध्यक्ष पद पाउनेछन् ।