काठमाडौं । नुवाकोट जिल्लाको एमाले कार्यालय बोर्ड परिवर्तन भएको छ । सर्वोच्च अदालतको फैसलापछि विघटित नेकपा एमाले ब्युताउन नेकपाको ओली पक्ष सक्रिय देखिएका छन् ।
सर्वोच्चको फैसलाबाट ओली पक्षका नेता कार्यकर्ताले खुशी भएका छन् र कार्यालयको बोर्ड समेत परिवर्तन गर्न थालेका छन् । नुवाकोटमा ओली पक्षका कार्यकर्ताले सोमबार पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका छन्।
उक्त कार्यका लागि ओली पक्षका नुवाकोट स्थायी घर भएका केही नेता कार्यकर्ता काठमाडौंबाट नुवाकोट पुगेका थिए। भने तत्कालीन एमालेका नुवाकोट उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बद्री मैनालीको नेतृत्वमा बोर्ड र चुनाव चिह्न सूर्य अंकित झन्डा राखिएको हो ।