प्रचण्डका छोरीज्वाइँ सहित माओवादीमा थपिए ९७ केन्द्रीय सदस्य

11.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीमा ९७ जना सदस्य थप गर्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा आज बसेको केन्द्रीय कमिटी बैठकले ९७ जना सदस्य थप गर्ने निर्णय गरेको हो ।

राजधानीमा जारी बैठकमा सोमवार प्रचण्डले थपिएका मध्ये झण्डै आधाजसो नाम वाचन गरेका थिए ।

एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार