काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको बताएका छन् ।
परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले उत्तरी नाकालाई पुनः सुरु गराउने विषयमा सरकारले धेरै पहल गरेको जानकारी दिएका हुन् ।
मन्त्री खड्काले कोभिड क्रमिक रुपमा कम हुँदै जाँदा नेपालको अनुरोध पूरा हुनेमा आशावादी रहेको पनि बताएका छन । खड्काले सुमधुर सम्बन्ध रहेका चीन र नेपालले सबै विषयलाई संवाद र समन्वयको माध्यमबाट अघि बढ्ने प्रयास गरेको बताए ।