स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने माधवकुमार नेपालको दावी

13.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने दावी गरेका हुन् ।

उनले भने, ‘जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौं ।’ 

अध्यक्ष नेपालले आगामी चुनावलाई मध्यनजर गरेर विभिन्न स्थानीय तह र टोलटोलमा समिति बनाउने काममा लागेको पनि बताएका छन् । 

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक सोमबार काठमाडौंमा सुरु भएको छ । पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले २५ फागुनमा बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ ।

ताजा अपडेट
सम्बन्धित समाचार