सरकारले चुनाव गर्न नचाहेको शंकर पोखरेलको आरोप

9.3k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकारले चुनाव गर्न नचाहेको आरोप लगाएका छन् ।

नेकपा एमाले मोरङ जिल्ला समितिले गरेको पत्रकार सम्मेलनमा उनले सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको आरोप लगाएका हुुन् ।

अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधिसभाको अर्लि इलेक्सनको चर्चा भइरहेको भन्दै महासचिव पोखरेलले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने उनको भनाई छ।

नेपालमा अस्थिरताको कारण धेरै राजनीति दल भएको बताउदै उनले अब जनताले दुई दलमध्ये एक रोज्नुपर्ने बताएका हुुन् । अर्थतन्त्रलाई अघि बढाउन सरकार असफल भएको भन्दै महासचिव पोखरेलले मुलुकको सञ्चित कोष विपत्ति आए टार्न नसक्ने स्थितिमा पुगेको दावी गरे । विकास निर्माणको काम पनि ठप्प भएको उनले बताए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार