सरकारले अर्थतन्त्र ध्वस्त बनाउँदा पनि सबै चुपचाप छन् : ओली

10.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अर्थतन्त्र ध्वस्त बनाउँदा पनि सबै चुपचाप लागेको गुनासो गरेका छन् ।

सोमबार पोखरामा आयोजित कार्यक्रममा उनले सरकारले अर्थतन्त्र ध्वस्त बनाएको र परराष्ट्र सम्बन्ध पनि बिगारेको टिप्पणी गरेका हुुन।

उनले भने , ‘अहिले देशको अर्थतन्त्र यस्तो हुँदा, परराष्ट्र सम्बन्ध बिग्रिँदा चुपचाप छन् । मानिलिऊ केही बिग्रिएकै छैन । ’ 

आफू प्रधानमन्त्री हुँदा विरोधीले रुखबाट पात ओइलिएर झर्दा पनि विरोध गरेको ओलीले टिप्पणी गरेका छन् । सरकार संसदबाट बन्नुपर्ने भए पनि अहिलेको सरकार अदालतको आदेशमा बनेको ओलीले बताए । 

 

ताजा अपडेट
सम्बन्धित समाचार