रंगेली नगर प्रमुख अग्रवाल माओवादीबाट निष्कासित,अबको यात्रा कता ?

9.3k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एमाले प्रवेश गर्ने तयारी गरेपछि नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल (बगडिया) लाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीबाट निष्कासन भएपछि उनलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार रंगेली जाने भएका छन् ।

माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङले विज्ञप्ति जारी गर्दै पार्टीको आचरण विपरीत काम गरेका कारण अग्रवालको साधारण सदस्यतासमेत खारेज गरेर कारबाही गरिएको जानकारी दिएका छन् ।

उनलाई पालिका प्रमुखको पदबाट पनि निष्कासन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको नेम्वाङको भनाई छ । उनी माओवादी केन्द्रबाट मोरङमा स्थानीय तहको निर्वाचन जित्ने एक्लो पालिका प्रमुख हुन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेयता नै उनी एमालेसँग नजिकिएका थिए ।

Press-Statetment-about-Bagadiy.jpg

ताजा अपडेट
सम्बन्धित समाचार