काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको चुनावबारे छलफल र आवश्यक रणनीति तय गर्न बुधवार र बिहीबारको लागी केन्द्रीय कमिटी बैठक बोलाएको छ।
सोमबार बसेको पोलिटव्यूरो बैठकले केन्द्रीय कमिटीका एजेन्डा तय गरिएको छ । पोलिटव्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
उक्त प्रतिवेदनमाथि आएका सुझावलाई समावेश गरेर परिमार्जनसहित अध्यक्ष नेपालले केन्द्रीय कमिटीमा प्रतिवेदन पेस गर्नेछन्।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थानीय चुनाव केन्द्रित र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय कमिटीमा छलफल गर्ने तयारी छ।अध्यक्ष नेपालले स्थानीय तह चुनावमा पार्टीले सफलता हासिल गर्ने दाबी गरेका छन्।