काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।
आज दिउँसो समाजवादीको तेस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सत्ता गठबन्धन, आगामी निर्वाचन र एमसीसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थितिलगायतका विषयमा छलफल हुनेछ।
यस अगाडि नै पोलिटव्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उक्त बैठकबाट पास भएका एजेण्डामाथि आज छलफल हुनेछ।
बैठक आज र भोली दुई दिनका लागी बोलाइएको हो।