किन जादै छन् ओली आज रंगेली ?

10k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा (एमाले)ंका अध्यक्ष केपी शर्मा ओली आज मोरङको रंगेलीमा जाने भएका छन् ।

रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई पार्टी प्रवेश गराउनका लागि आज दिउँसो अध्यक्ष ओली रंगेली जान लागेका हुन् ।

बगडियाको पार्टी प्रवेशका लागि एमालेले रंगेलीमा जनसभा राखेको हो । सभामा पार्टी प्रवेश कार्यक्रम राखिएको एमालेका मोरङ सचिव रुपेश खतिवडाले जानकारी दिएका हुन् ।

उद्योगी बगडिया माओवादीबाट रंगेलीको मेयरमा निर्वाचित भएका थिए । मेयरको कार्यकाल सकिनै लाग्दा उनी एमाले प्रवेश गर्न लागेका हुन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार