काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीमा समर्थन गरेपछि माओवादी केन्द्र छाड्ने क्रम बढेको छ।
बुधबार मात्रै मधेश प्रदेशका ५ नेताले पार्टीको साधारण सदस्य नरहने गरी बाहिरिएको घोषणा गरेका छन्। माओवादीका महोत्तरी संयोजक र प्रदेश कमिटी सदस्यसहित पाँच नेताले माओवादी छाडेका हुन्।
एमसीसीको विरोधमा रहेका मधेश प्रदेश कमिटी सदस्य एवम् महोत्तरी जिल्ला संयोजक तुलसीप्रसाद ढुंगाना, मधेश प्रदेश कमिटी सदस्य एवम् बर्दिबास नगरपालिका(३ का वडाध्यक्ष राजन प्रसाद ढुंगाना, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र वडा कमिटी अध्यक्ष नरबहादुर खनालले माओवादी परित्याग गरेका हुन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ व्याख्यात्मक घोषणाले एमसीसीका विवादित प्रावधान संशोधन भएको बताउँदै आएका छन्।