जनतालाई सुशासन प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध छ : सञ्‍चारमन्त्री कार्की

9.3k Shares

काठमाडौँ । सञ्‍चार र तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतालाई सुशासन प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघका प्रतिनिधिसँगको भेटमा सञ्चार मन्त्री कार्कीले प्रेस स्वतन्त्रताको सम्मान गर्दै जनतालाई सुशासनको प्रत्याभूति गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

 उनले भने, ‘हामी यो सरकार दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अग्रणी देशको रुपमा प्रस्तुत हुन चाहन्छौं । सरकारले अनलाइन टेलिभिजनसम्बन्धी गरेको व्यवस्था कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ,उनले भने,यो पवित्र उदेश्यले ल्याइएको हो ।’

यस्तै उनले राष्ट्रिय प्रसारण नियमावलीमा भएको संशोधनले अभिव्यक्ति स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन  । 

ताजा अपडेट
सम्बन्धित समाचार