एमसीसीका नाममा गठबन्धन तोड्ने अनेकौँ प्रयास भए : माधवकुमार नेपाल

9.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका नाममा गठबन्धन तोड्ने अनेकौँ प्रयास भएको बताएका छन्। 

पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको आरम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले गठबन्धन तोड्ने प्रयास भए पनि सहमति कायम भएको पनि स्पष्ट पारेका छन्। 

उनले गठबन्धन दलहरू मिलेर निर्वाचनमा जान सक्ने पनि बताउँदै आफ्नो शक्तिका बारेमा जानकारी लिएर सही मूल्याङ्कन र विश्लेषण हुन पर्ने बताएका थिए। कम्युनिष्ट क्रान्तिकारीधारको विरासतलाई काँधमा बोकेर अघि बढ्न एमालेबाट विद्रोह गर्नुपरेको पनि नेपालको भनाई छ । 

अध्यक्ष नेपालले जनतालाई सचेतना प्रदान गर्ने, कार्यकर्तालाई योग्य तुल्याउने, पार्टीको सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने र निर्वाचनमुखी हुने पनि बताएका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार