प्रधानमन्त्रीले अध्यादेश फेल गर्न खोजेको सरासर झुटो प्रचार हो - गगन थापा

14.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले  ट्विटर मार्फत प्रतिक्रिया दिँदै भने संसदमा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर प्रधानमन्त्री ओलीले सारासर झुट बोलेका छन् । 

प्रधानमन्त्रीले आक्रमणविरुद्धको अध्यादेशको नभई संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर गरिएको असंवैधानिक नियुक्तिको विरोध गरिएको थापाले बताएका हुन् । 

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने, त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने झुट प्रधानमन्त्री ओली ज्यू’ थापाले भनेका छन् । 

एसिड आक्रमण र महिलामाथि हुने हिंसा विरुद्धका अध्यादेश अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतिक्षारत रहेको थापाको भनाइ छ । 

gagan-tweet.jpg

ताजा अपडेट
सम्बन्धित समाचार