बैतडीमा एमालेबाटै निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश,एमालेलाई सामन्तवादी पार्टीको संज्ञा

10.8k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा (एमाले)बाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले बिहीबार कांग्रेसमा प्रवेश गरेकि हुन् ।  

नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिएका छन् । 

यस्तै एमालेबाटै कार्यपालिका सदस्य भएका राजेन्द्र दयालले पनि एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन ।  

कांग्रेस प्रवेश परेकी उपाध्यक्ष चन्दले एमाले पार्टीमा भ्रष्ट चरित्र मौलाएको कारण कांग्रेस प्रवेश गरेको बताएकी छन् । चन्दले एमालेलाई सामन्तवादी पार्टीको संज्ञासमेत दिएकी छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार