गठबन्धन दलबीच निर्वाचनमा पनि सहकार्य हुने प्रचण्डको दाबी

9.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरुसँग कुनै खटपट नभएको स्पष्ट पार्दै आगामी स्थानीय निर्वाचनमा सहकार्य हुने दाबी गरेका छन्।

पार्टी प्रदेश कमिटीको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुगेका प्रचण्डले अहिलेकै गठबन्धन दलबीच सहकार्य गरेर निर्वाचनमा जाने र पछिसम्मै गठबन्धन टिकाउनेतर्फ प्रयास भइरहेको दाबी गरेका हुुन्  

माओवादी पार्टी नै देशको निर्णायक शक्ति भएको उनको भनाई छ । उनले देशको राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्नेमा माओवादी नै निर्णायक रहेको पनि बताएका छन् । 

पार्टीभित्र पछिल्ला दिन देखिएका समस्या समाधान भई एकताबद्ध भएको उनले बताएका छन्। पार्टीभित्र केही मतभेद देखिएको र केन्द्रीय समितिबाट एकताबद्ध भई एउटै लाइन भएर अघि बढ्ने विषयमा सहमति जुटेको उनको भनाइ छ। 

 

ताजा अपडेट
सम्बन्धित समाचार