काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।
पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न चैत ९ र १० गतेका लागि बैठक बोलाएको एमालेले जनाएको छ ।
केन्द्रीय कमिटी बैठकअघि चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्युरो बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।
राजनीतिक दलहरु स्थानीय चुनाव लक्षित गतिविधिको तयारीमा जुटेको बेला एमालेको बैठक बस्न लागेको हो। सत्ता गठबन्धनका दलहरु मिलेर चुनाव लड्ने बताइरहँदा एमालेले भने एक्लै लड्ने बताउँदै आएको छ।