काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिले महँगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन् ।
नेपाल निर्माण व्यवसायी महा संघको २३ औं साधारण सभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महँगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताएकी हुन् ।
निर्माण व्यवसायीको माग सम्बोधन गर्दै ऐन संशोधन नगरिएको भन्दै उनले बेलैमा आयोजना निर्माण सम्पन्न होस् भन्नका लागि अब एक निर्माण व्यवसायीलाई एक पटकमा पाँचवटा आयोजना मात्र दिने गरी कानुन संशोधन गरिएको जानकारी दिएकी छन् ।
नियन्त्रण बाहिरका माग राखेर ‘निर्माण व्यवसायी होली डे नमनाउन आग्रह गरेकी छन् । उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउन समेत आग्रह गरेकी छन् ।