काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गर्न उनको निवास डल्लु पुुगेका छन् ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनमा फरक धारणा राख्दै आएका खनाललाई चन्दले यसअघि पनि घरमै पुगेर भेटेका थिए ।
आज बिहान १० बजे खनाल निवास डल्लु पुुगेका विप्लवसँग पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि रहेका थिए। खनाल निवासमा उनीहरुबीच झण्डै डेढ घण्टा छलफल भएको स्रोतको भनाई छ । ।