काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधासभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रतालाई पूर्ण रूपमा स्वीकारेको बताएका छन् ।
पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘प्रेस स्वतन्त्रता होइन, अहिले सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौँ । पीत पत्रकारिता अहिलेको आवश्यकता होइन ’ उनले भने ।
अधिकारसँगै आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिएका ओलीले देशलाई अगाडि बढाउन, न्याय र सत्यका लागि प्रेस प्रतिबद्ध रहनुपर्ने बताएका छन् ।