महानगरपालिकाका मेयरले साढे ७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले प्रस्ताव, नेता भन्छन् वडाध्यक्ष जित्न २०–२५ लाख लाग्छ

8.4k Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च प्रस्ताव गरेको छ ।

आयोगले स्थानीय तहअनुसार उम्मेदवारहरूले गर्न पाउने चुनावी खर्चको सिलिङ प्रस्ताव गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव दाहालका अनुसार महानगरपालिकाका मेयरले साढे ७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले प्रस्ताव गरेको छ ।

उपहानगरका मेयरले साढे ५ लाख, नगरपालिकाका मेयरले साढे ३ लाख र गाउँपालिकाका प्रमुखले साढे ३ लाखसम्म चुनावी खर्च गर्न पाउने आयोगले जनाएको हो । 

कतिपय दलले यो खर्च नपुग्ने बताएका थिए ।  लोसपाका एक नेताले भने, ‘वडाध्यक्ष जित्न २०–२५ लाख लाग्छ । या त खर्चको दायरा बढाउनुस्, नभए सबैलाई कारबाही गर्नुपर्छ ।’

कांग्रेस र माओवादी केन्द्रका नेताहरूले भने यो त्रुटि प्रत्यक्ष निर्वाचन प्रणालीको भएको भन्दै नियन्त्रण गर्ने हो भने पूर्ण समानुपातिकतर्फ जानुपर्ने बताएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार