जसपाको संघीय परिषद्को बैठक आजदेखि सुरु,यस्तो छ राजनीतिक प्रतिवेदन

17.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्को बैठक आजदेखि सुरु भएको छ ।

परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बैठकमा प्रस्तुत गर्नका लागि ३२ पृष्ठको ‘समसामयिक राजनीतिक र जसपाको कार्यदिशा’ राजनीतिक प्रतिवेदन तयार पारेका छन् ।१४ बुँदामा समेटिएको सो कार्यदिशामा अन्तर्राष्ट्रिय सम्बन्ध, पार्टीको वैचारिक पक्ष, अन्य पार्टीसँगको सम्बन्ध, अगामी कार्यदिशालगायतका विषयवस्तु समावेश गरिएको जनाईएको छ । 

उनले जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी बन्नुलाई स्वाभाविक रूपमा लिएका छन् । उनले भने, ‘महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका केही साथीहरूले प्रतिगामी ओली सरकारसँग गैरराजनीतिक चरित्रको हेलमेल र हिमचिम बढाउँदै त्यसमा सामेल हुने गलत बाटो अवलम्बन गर्न पुगे ।’ 

ठाकुर र महतोलगायतले ओलीको त्यो कदमलाई साथ दिने र ओली सरकारमा सामेल हुने झनै गलत बाटो अख्तियार गरेको उल्लेख गर्दै अध्यक्ष भट्टराईले २०७८ श्रावण ११ गते निर्वाचन आयोगले पार्टीको आधिकारिता आफूहरूलाई दिएको र बाटो बिराएका अल्पमत पक्षका साथीहरू भिन्नै पार्टी गठन गर्ने निर्णयमा पुगेको उल्लेख गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार