काठमाडौँ । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन्।
दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा निर्वाचित भएका हुन्।यादवलाई भने सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना लगायतको समर्थन थियो।
पहिलो चरणमा तेस्रो भएका डा.शेखर कोइराला समूहका नेता दिनेश पर्सैलाले दोस्रो चरणको मतदानमा पजियारलाई समर्थन गरेका थिए।
सभापतिमा निर्वाचित पजियारले १ हजार ७ सय ३५ मत ल्याउँदा यादवले १ हजार ४६ मत ल्याएका छन्।