सुनसरीमा नेकपा एमालेका ओली र नेपाल पक्ष बीच विवाद सुरु

11.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  सुनसरीमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच विवाद सुरु भएको हो । 

नेकपा एमाले  विवाद सुरु भएको सुनसरी एमालेमा ओली पक्ष कमजोर मान्निन्छ । यस अगाडि भएको नेकपामा अधिकांश पूर्वएमाले नेता कार्यकर्ता दाहाल–नेपाल पक्षमा खुलेका थिए ।

अधिकांश जिल्ला नेता र कार्यकर्ता नेकपाको दाहाल नेपाल पक्षमा लागे पश्चात ओली पक्षले सुनसरीमा रेवतीरमण भण्डारीको अध्यक्षतामा अर्को जिल्ला कमिटी चयन गरेको थियो ।

सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई यथावतको फैसला सुनाए पश्चात सुनसरीका विभिन्न पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड पार्टी कार्यालयमा राखेको थियो । 

 मंगलवार नेकपा एमालेका सुनसरी अध्यक्ष रमेश बस्नेतको नेतृत्वमा जिल्ला सचिव नन्द बस्नेतले एमालेको इनरुवास्थित जिल्ला कार्यालयमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखेको थियो ।

माओवादी केन्द्रका जिल्ला नेतासँग विदाई कार्यक्रम समेत गरेर बस्नेतको समूह फर्किए पश्चात एमालेको भण्डारी समूह पार्टी कार्यालय प्रवेश गरी पहिला राखेको बोर्ड फ्याकेर अर्को बोर्ड राखेका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार