एमसिसी कार्यान्वयनमा राप्रपाको भूमिका नरहने राजेन्द्र लिङ्देनको भनाई

11.3k Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसिसी कार्यान्वयनमा राप्रपाको भूमिका नरहने बताएका छन्।

शनिबार सुर्खेत विमानस्थलमा पत्रकाहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने विषयमा पनि आफ्नो पार्टीको भूमिका नभएकाले अबका दिनमा पनि कुनै सरोकार नराख्ने बताएका छन्।

उनले भने, ‘एमसिसीमा हाम्रो सहयोग यसअघि पनि थिएन,अब कार्यान्वयन गर्दा पनि कुनै भूमिका रहँदैन, एमसिसीमा सत्ता गठबन्धनभित्रका केही दलहरूले गरेको भनेको व्याख्यात्मक टिप्पणी पनि लाज छोप्ने टालोजस्तो हो, यसमा हाम्रो कुनै लेनदेन छैन।’

अध्यक्ष अबको स्थानीय निर्वाचनमा राप्रपाले आफ्नो शक्ति प्रदर्शन गर्ने दाबी गरे। राप्रपाले जितेका स्थानीय तहहरूमा फरक मोडालिटी तयार गरिने उनले बताए। भ्रष्ट्राचाररहित स्थानीय तह बनाउनका लागि आफ्ना पार्टीबाट जितेका जनप्रतिनिधिहरूलाई मन्दिरमा गएर भ्रष्ट्राचार नगर्ने संकल्प गराइने उनले बताए।

 

ताजा अपडेट
सम्बन्धित समाचार