सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुुन्छ : प्रचण्ड

16.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने विषयमा सत्ता गठबन्धमा छलफल भइरहेको बताएका छन् ।

कांग्रेसलाई सहभागी गराउन सबैभन्दा बढी मन्त्रालय पाएको एकीकृत समाजवादी पार्टीलाई त्याग गर्न भनिएको पनि प्रचण्डको भनाई छ । 

कैलालीको धनगढीस्थित गेटा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो । तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकाले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्यो भनेर अनुरोध गरिएको छ ।’

यो विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा छलफल गर्ने बताएको प्रचण्डले बताएका छन् ।  माधव नेपालले सुदूरपश्चिम सरकारको नेतृत्व मागेको जानकारी गराउँदै प्रचण्डले प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे समेत छलफल भएको बताएका छन् ।  त्यसको सट्टा आफूहरुले बागमती प्रदेश सरकारमा दाबी गरेपछि अहिले नेतृत्व नफेर्ने कुरा भएको उनले बताएका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार