जसपाले फिर्ता लियो सांसद यादवमाथिको कारबाही,कारण रहेछ यस्तो

14.9k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका नेता तथा सांसद प्रदीप यादवमाथि गरिएको कारबाही फिर्ता लिएको छ।

अनुशासनको कारबाही गरिएको तीन महिनापछि उक्त कारबाही फिर्ता लिइएको जसपाले जनाएको छ। गत मंसिर ५ मा यादवमाथि जसपाले अनुशासनको कारबाही गरेको थियो।

जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ देखि बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो।

कारबाही फिर्ता भएको पत्र सांसद यादवलाई फागुन १८ मै पार्टीले पठाएको थियो।

ताजा अपडेट
सम्बन्धित समाचार