शहरी नीति र ऐन परिमार्जनमा सबैको स्वामित्व हुने मन्त्री झाँक्रीको भनाई

13.5k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रालयले परिमार्ज गर्ने नीतिमा सबैको स्वामित्व हुने बताएकी छन् ।

शहरी विकास मन्त्रालयको ओयोजनामा नेपालगञ्जमा सम्पन्न राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी कोरिडोर सम्बन्धी एक दिने कार्यशालामा बोल्दै मन्त्री झाँक्रीले सातै प्रदेशमा नीतिगत विषयमा मन्त्रालयले छलफल गरिरहेको भन्दै सबैको स्वामित्व हुने बताएकी हुन् । 

‘हामीले गरेका कामले कोही रिसाउँदैमा फरक पर्दैन । नीति निर्माण र कार्यान्वयनमा हिच्किचाउनु हुँदैन । हामीले सबैसाँग छलफल गरिरहेका छौैँ । यसमा सबैको स्वामित्व हुन्छ ’  झाँक्रीले भनिन् । 

उनले कार्यक्रममा सरोकारवाला निकायको न्यून उपस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै स्थानीय तहमा समन्वय नई चिन्तनको समस्या रहेको बताएकी छन् । 

यस्तै कार्यक्रममा बोल्दै शहरी विकास सचिव मणिराम गेलालले सरोकारवालासँगै छलफल गरेर नयाँ नीतिमा सबैको अपनत्वले कार्यान्वयनमा सहज हुने बताएका छन् । उनले भने,‘सरकारवालासँगै बसेर राय सल्लाह र गुनासो सुनेर नयाँ नीति निर्माणमा जोड दिनुपर्छ भन्ने उद्देश्यले नै कार्यक्रम आयोजना गरेको हौँ ।’

 

ताजा अपडेट
सम्बन्धित समाचार