आउँदो स्थानीय तह चुनावमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्छ : ओली

8.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो स्थानीय तह चुनावमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । 

आज मङ्गलवार काठमाण्डौमा आयोजित अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह चुनावमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गरेका हुुन् । अध्यक्ष ओलीले चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्ने पनि बताएका छन् । 

उनले भने , ‘हामीले यसको वैशाखी टेक्नुपर्छ, यो ढोडको लौरो टेक्नुपर्छ अनि मात्रै हामी हिड्न सक्छौँ भन्ने होइन । हामी हिँड्न सक्छौँ । हामी ६० देखि ७० प्रतिशत स्थानीय तहमा चुनाव जित्न सक्छौँ । सिटको हिसाबले, पालिकाको हिसाबले, अनेक हिसाबले पनि ६० देखि ७० प्रतिशत हामी एक्लै जित्न सक्छौँ । त्यसअनुसारको तयारी गरौँ । यति जित्नका लागि सबै हामीले मिलाउन सक्यौँ भने त सर्वसम्मत हुन्छ होइन र ? हामीले रोजेको प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था हो । प्रतिस्पर्धा त हामीले रोजेको हो । केही–केही ठाउँमा त हामी हार्न पनि तयार हुनुपर्छ ।हाम्रो भनाइ कति मात्रै हो भने प्रतिस्पर्धा स्वस्थ गरौँ । राजनीतिको प्रतिस्पर्धाको निर्णायक थलो जनताको अभिमत हो ।’

अध्यक्ष ओलीले नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्तिबीचको दुई ध्रुवमा रहेको बताएका छन् ।  उनले सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गर्ने उल्लेख गरेका छन् ।

आफूहरू भने जनताको फैसला मान्ने जनपक्षीय शक्ति रहेको उनले जिकिर गरेका छन । अध्यक्ष ओलीले एमालेबाट फुटेर जानेहरू पतित भएको संज्ञा समेत दिएका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार