प्रयोग भइरहेको डेढ वर्ष पछि माईतीघरको आकाशे पुलको मेयर शाक्यले गरे उद्घाटन

8.7k Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माईतीघरमा आकाशे पुलको उद्घाटन गरेका छन्। बुधबार मेयर शाक्यले माईतीघरस्थित आकाशेपुलको उद्घाटन गरेका हुन्।

स्थानीय तहको चुनाव घोषणायता मेयर शाक्य दैनिकजसो विभिन्न पूर्वाधारको शिलान्यास कार्यक्रममा पुगिरहेका छन् । तर, उनले डेढ वर्षअघि नै बनेर प्रयोगमा आएको पुलसमेत चुनावकै मुखमा उद्घाटन गरेका छन् ।

उनले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८–९ करोड रूपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताएका छन् । 

उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताएका छन् । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएको कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराएका छन् । 

‘आकाशे पुल निर्माण अभियन अन्तर्गत हरेक वर्ष हामीले ८–९ करोड बजेट विनियोजन गरेका छौं। त्यसलाई आवश्यक ठाउँ पहिचान गरेर आकाशे पुल निर्माण गर्ने काम भइरहेको छ’, उनले भने, ‘धेरै ठाउँमा नीति बनायौं तर कार्यान्वयनमा अलि समस्या पनि छ। बाटो अवरोध हुने भएकोले आवश्यक ठाउँमा बनाउने भनेर तयार गर्दा पनि बनाउन नसकेको स्थान पनि छन्। र जहाँ जहाँ सम्भव छ, त्यो ठाउँमा बनाउने नीति अनुसार यो ठाउँ पनि छनोट गर्‍यौं।’

 

ताजा अपडेट
सम्बन्धित समाचार