काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर वैशाख ९ मा नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा उनी एमाले प्रवेश गर्न लागेकी नेकपा एमाले स्रोतले जानकारी दिएको छ ।
एमाले स्रोतका अनुसार ९ वैशाखमा करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु प्रवेश गर्ने भएका छन् ।
यता अभिनेत्री मानन्धरले भने स्थापना दिवसको अवसरमा पार्टी प्रवेश कार्यक्रम राख्ने जानकारी आएकोले सोहि दिन ऐमाले प्रवेश गर्ने बताएकी छन् ।
अभिनेत्री मानन्धर नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय भएकी हुन् ।