काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक जारी छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा केहीबेर अघि एमाले संसदीय दलको बैठक सुरु भएको हो । सरकारले संसद अधिवेशन अन्त्य गरेपछि एमालेले संसदीय दलको आकस्मिक बैठक डाकेको थियो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सरकारको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मध्यराति देखि लागू हुने गरी संसद् बैठक अन्त्य गरेकी थिइन् ।
संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमालेको संसदीय दल बैठक बसेको हो । यद्यपि, पार्टी विभाजनमा सभामुख अग्नि सापकोटाको भूमिका खेलेको भन्दै एमालेले गत भदौदेखि संसद अवरोध गर्दै आएको थियो ।
एमालेको अवरोधबीच एमसिसी अनुमोदन, प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव पेसलगायतका कामकारबाही भएका थिए ।