आज संवैधानिक पदाधिकारी नियुक्ति सम्बन्धी रिटमाथि सुनुवाइ हुँदै,राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विपक्षी

14.6k Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत विभिन्न संवैधानिक नियकामा ५२ पदाधिकारीको नियुक्ति सम्बन्धी मुद्दाको शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ।

संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन्।

३० मंसीर, २०७७ मा बसेको संवैधानिक परिषदको बैठकले एकैपटक ४५ पदाधिकारी नियुक्तिको सिफारिश गरेको थियो। यो निर्णयको विरोधमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले छुट्टाछुट्टै नौ वटा रिट दायर गरेका थिए। त्यसपछि सरकारले थप सात जनाको सिफारिश गरेको थियो। त्यसका विरुद्ध पनि सर्वोच्चमा रिट परेको थियो।

त्यतिवेला सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद्को ऐन संशोधन गरेर नियुक्तिका लागि सिफारिश गरेको थियो। त्यसको सबैतर्फबाट विरोध भएको थियो।

नियुक्ति खारेजीको माग गरिएको रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार