रौतहट जिल्ला अनिश्चितकालका लागी बन्द गर्ने एमालेको घोषणा,कारण रहेछ यस्तो

16.1k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एमालेले अनिश्चितकालका रौतहट जिल्ला बन्द गर्ने घोषणा गरेको छ ।

गठबन्धन सरकारले एमाले पार्टी पङ्क्ती र नेता प्रभु साहलाई बदनाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै जिल्ला बन्द गर्ने घोषणा गरिएको हो ।

शुक्रबार जिल्ला अध्यक्ष त्रिभुवन साह’अमर’ ले प्रेस विज्ञप्ति जारी गरी स्थानीय प्रशासनको षडयन्त्रको छानबिन गरी कारवाही गर्न गृह मन्त्रालय लगायत माथिल्लो निकायको ध्यानाकर्षण गराएका हुन् ।

गाडी दुर्घटनाको विषयमा अनावश्यक एमाले स्थायी कमिटी सदस्य प्रभु साहको नाम जोडेर जिल्लाको सिडियो र एसपी लगायतका प्रशासनले बदनाम गरिरहेको अध्यक्ष साहको भनाई छ ।

गाडी दुर्घटना हुँदा गाडीमा सवार चालक समातिदा समेत उसलाई दोषी मान्ने र छानबिन गरी न्याय दिलाउनका सट्टा प्रशासनले प्रभु साहको नाम जोडेर अनरगल प्रचार गरेको अध्यक्ष साहको विज्ञप्तिमा उल्लेख छ ।

केही दिन अगाडि नेकपा एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई अपशब्द बोल्दा सिडियोले माफि मागेको, अनावश्यक रुपमा साहका स्वकिय विजय यादवलाई फसाउन खोज्दा डिएसपीले माफी माग्नुपरेको घटना जीवितै रहदा गठबन्धनको इसारामा सिंगो एमाले पङ्क्तिमाथि आक्रमण सुरु गरेकोले रौतहट बन्द सहित संघर्षको कार्यक्रम अगाडि बढ्ने अध्यक्ष साहले बताएका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार