काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दल कर्णाली प्रदेशले सांसद ठम्मर बहादुर विष्टलाई पार्टीबाट निलम्बन गरेको छ ।
एमालेमा प्रवेश गर्ने तयारी गरेसँगै विष्टलाई दलले सदस्यबाट निलम्बन गरेको हो ।
प्रदेश सभा सदस्यबाट उनले राजीनामा दिएको र सो राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन भनिएकोमा विष्टले त्यस्तो नगरेकाले दलको सदस्यबाट निलम्बन गरिएको दल नेता महेन्द्रबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
