काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जुनसुकै छिमेकी मुलुक दिएका राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने बताएका छन् ।
आइतबार नेपाली कांग्रेस काठमाडौ क्षैत्र नं १ ले ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तरगत बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिहंले सो कुरा बताएका हुन् ।
आफ्नो पार्टीले देश र जनताको हित विपरितका सहयोग अस्वीकार गर्ने प्रस्ट पारेका छन् । त्यसैगरी राजनीति मुलुक र जनताको हितलाई ध्यानमा राखेर गर्ने कुरामा आफू प्रस्ट रहेको समेत बताए । अहिलेको विषयमा फैलिएको नकारात्मक हल्लाको पछि नलाग्न समेत आग्रह गरे ।
त्यसैगरी नेता सिंहले कम्युनिष्ट पार्टीका दोधारे कुराले नागरिकमा गलतसन्देश गएको भन्दै त्यस्ता गलत हल्लाको विषयमा नागरिक सामु गएर बुझाउनु पर्ने बताउनु पर्नेमा जोड दिए ।